सल्यान ३०, चैत ।
सल्यानको सिद्धकुमाख गाउपालिकाले गाउँपालिका भित्रका बिपन्न घरपरिवारलाई राहत वितरण गर्ने कार्यलाई तिव्रता दिएको छ । कोरोना भाइरसले गर्दा, सरकारले गरेको लकडाउनका कारण दैनिकी चलाउन समस्या भएका बिपन्न घर परिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्ने कार्यलाई गाउपालिकाले तिव्रता दिएको हो ।
यसैक्रममा वडा नम्वर १ का ८२ घरपरिवारलाइ राहत वितरण गरिएको वडाध्यक्ष राम बहादुर बस्नेतले जानकारी दिनुभएको छ । सिद्धकुमाख गाउँपालिकाको विपन्न परिवारलाइ राहत वितरण मापदण्ड २०७६ बमोजिम १ हजार ५ सय केजी चामल, १ सय १९ केजी दाल, ८२ लिटर खाने तेल र ८२ प्याकेट नुन वडा नं १ अन्तर्गतका विभिन्न टोलका विपन्न घरपरिवारलाइ वितरण गरिएको हो ।
वडाध्यक्ष बस्नेत सहित वडासदस्य, वडासचिव र सरोकारवालाहरुको उपस्थितिमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो । दोस्रो पटक लम्विएको लकडाउनको कारणले ज्यालादारी गरेर दैनिकी चलाउदै आएका वडावासीहरु सरकारको राहत कार्यक्रमले धेरै सहयोग पुगेको राहत प्राप्त गर्ने परिवारले बताएका छन ।