सिद्ध कुमाख गाउपालिकामा २ सय ७५ घरपरिवारलाई राहत

सल्यान ३०, चैत ।
सल्यानको सिद्ध कुमाख गाउपालिकाले गाउपालिका भित्रका २ सय ७५ बिपन्न घरधुरीलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरसको रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिकी चलाउन समस्या भएका बिपन्न घरपरिवारलाई राहत स्वरुपन्न खाद्यान्न बितरण गरिएको गाउपालिकाले जनाएको छ ।


गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले गाउपालिकाका सवै वडाका गरेर २ सय ७५ घरपरिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो । जसअनुसार वडा नम्बर १ मा ८२ घरपरिवार, वडा नम्बर २ मा ३६ घरपरिवार र वडा नम्बर ३ मा ३७ घरपरिवारलाई राहत वितरण गरिएको छ । यस्तै वडा नम्बर ४ मा ७० घरपरिवार र वडा नम्बर ५ मा ५० घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको गाउपालिकाले जनाएको छ ।

गाउपालिकाले ५ हजार ८ सय ९ केजी चामल, ४ सय ७५ केजी दाल, २ सय ७५ लिटर तेल र २ सय ७५ प्याकेट नुन वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित