सल्यान ३०, चैत ।
सल्यानको शारदा नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा सहयोग रकम जुटिरहेको छ । यसैक्रममा आज पनि बिभिन्न निकायबाट सहयोग रकम जम्मा भएको छ । खैरावाङ्ग मन्दिर ब्यवस्थापन समितीको तर्फवाट १ लाख ५ हजार, एन प्याव्सन सल्यानले ३० हजार, सिर्जनशिल बचत तथा ऋण सहकारी संस्थावाट ३० हजार रुपैया र टोलसुधार समितीले ७ हजार रुपैया कोषमा सहयोग गरेका छन् ।
बिपद् कोषमा सहयोग गर्नुहुने सवैलाइ धन्यवाद दिदै नगर प्रमुख सुरेश अधिकारीले बिपद्को समयमा सहयोग गर्नु समाजका सवै पक्षको कर्तव्य हुने भन्दै सहयोगमा जुटेको रकमको सहि सदुपयोग गरिने बताउनुभएको छ ।