सल्यान ३०, चैत ।
कोरोना भाइरसको आशंका गरिएका शंकास्पद ब्यक्तिहरुको सल्यानमा आरडिटि किटद्धारा प्रारम्भिक जाँच शुरु गरिएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा जिल्लाका बिभिन्न स्थानका क्वारेन्टाइनमा रहेका शंकास्पद ब्यक्तिहरुको आरडिटि किटद्धारा ¥यापिड टेष्ट गरिएको हो । अहिले सम्म जिल्लामा १७ जनाको ¥यापिड टेष्ट गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो ।
उहाँले जिल्ला अस्पतालको क्वारेन्टाइनमा रहेका २ जना, लुहापिङ क्वारेन्टाइनमा रहेका १ जना र कालीमाटी गाउपालिकाको काप्रेचौर क्वारेनटाइनमा रहेका १४ जनाको ¥यापिड टेष्ट गरिएको जानकारी दिनुभयो । टेष्ट गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । क्वारेनटाइनमा भारत तथा तेस्रो देशमुलकबाट आएका १७ जना बसी रहेका थिए ।