र्‍यापिड टेष्टमा १ सय ४७ जनाकै रिपोर्ट नेगेटिभ, हँसिलो मुहार बनाएर सबै घर फर्किए

दुर्गा बिसी,
सल्यान २, बैशाख ।
सुर्खेतको सिम्ता गाउँपालिकाले विदेशबाट आएका नागरिकको ¥यापिट डाइगोनोस्टिक टेष्ट कार्य सम्पन्न गरेको छ । भारत तथा विदेशबाट आएका नागरिकको ¥यापिट टेष्ट गर्ने काम सकिएको गाउँपालिकाले जनाएको छ । वागेश्वरी मावि राकममा रहेको क्वारेन्टाइनमा विदेशबाट आएका नागरिकको ¥यापिट टेष्ट गरिएको थियोे ।


जिल्ला स्वास्थ्य कार्यालय सुर्खेत, कर्णाली प्रदेशका ल्याव असिस्टेन्ट प्रेम प्रकाश चपाइ, मेट्रो कन्ट्रोल सुपरभाइजर उदय विसी, स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुन, सन्तोष वुढा लगाएतको चिकित्सकको टोली ¥यापिट टेष्टमा खटिएको थियोे । भारतबाट आएका १ सय ४७ जनाको ¥यापिट टेष्ट गरिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनु भएको छ ।

जसमा साउदीबाट आएका १ जना, मलेसियाबाट २ जना, कतारबाट १ जना र भारतबाट आएका १ सय ४३ जनाकै ¥यापिट टेष्ट गरिएको थियोे । सबैको रिपोर्ट नेगेटिभ आएको गाउपालिकाले जनाएको छ । रिपोर्ट नेगेटिभ आएपछि विभिन्न मुलुकबाट चैत्र महिनामा सिम्ता भित्रीएका नागरिक खुसीयाली मुहार लगाएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस