त्रिबेणी गाउपालिकामा २ सय ५० घरपरिवारलाई राहत बितरण गरिदैँ

सल्यान २, बैशाख ।
सल्यानको त्रिबेणी गाउपालिकाले राहत वितरण शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागी सरकारले गरेको लकडाउनका कारण दैनिकी चलाउन समस्या भएका अतिविपन्न घरपरिवारलाई राहत वितरण गर्न शुरु गरिएको हो । राहत बितरण मापदण्ड अनुसार गाउपालिका भित्रका अतिबिपन्न २ सय ५० घरपरिवारलाई राहत वितरण गर्न थालिएको गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिनुभयो ।


उहाँले दैनिकी चलाउन निकै समस्या भएका परिवारहरुको पहिचान गरेर राहत वितरण गर्न थालिएको जानकारी दिनुभयो । जस अनुसार प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, २ पोका आयोडिन नुन र २ पिस साबुन वितरण गर्न थालिएको हो । यसैक्रममा आज वडा नम्बर ४ मा ४० घरपरिवारलाई राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस