मास्क र सावुन वितरण गर्दै जनप्रतिनिधि

दुर्गा बिसी,
सल्यान ३, बैशाख ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ५ ले टोलटोलमा पुगेर कोरोना भाइरस सम्बन्धि सचेतना दिने काम गरेको छ । वडाका सबै वस्ती तथा टोलमा पुगेर साबुनसँगै मास्क वितरण गरेको छ । वडाअध्यक्ष कमल विकले वडाको राहत विपद् कोषमा उठेको रकमबाट मास्क वितरणसँगै नागरिकलाई सजगता अपनाउन अनुरोध गरिएको जानकारी दिनुभएको छ ।
वडाका शंखपिपल वजार, नाथेखोला, राउचे, च्युरा, खैरागार, मैनेनी र लाँखर लगाएतका टोलमा २ हजार ८ सय ८ वटा मास्क र ८ सय ८ साबुन वितरण गरिएको उहाँको भनाई छ ।

वडावासीका घरमा सँगै बिद्यालय, स्वास्थ्य संस्था लगाएतका निकायहरुमा पनि सावुन वितरण गरिएको छ । जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा मास्क र सावुन वितरण गरिएको हो । सावुन र मास्क वितरण कार्यक्रम वडा नम्वर ४ ले पनि सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित