सल्यान ३, बैशाख ।
क्वारेन्टाइन निर्माण तथा ब्यबस्थापनको लागी सल्यानको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरालाई बिभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा सल्यानले उपलब्ध गराएका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । रेडक्रस उपशाखाका सभापती गोविन्द केसीले स्वास्थ्य केन्द्रका ईन्चार्ज वीर बहादुर वलीलाई ती सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।
सामाग्री हस्तान्तरणको अबशरमा वडाअध्यक्ष लिलाधर घर्ती लगाएतको सहभागिता रहेको थियो । क्वारेन्टाइन ब्यबस्थापन तथा निर्माणको लागी त्रिपाल, कम्बल, वाल्टिन, मक, सावुन लगाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
यस्तै
नेपाल रेडक्रस सोसाईटी सल्यानले कपुरकोट गाउँपालिकालाई कम्बल, बाल्टीन लगाएतका सामग्रीहरु उपलब्ध गराएको छ । कोरोना भाईरस सतर्कताका लागि क्वारेन्टाईन सम्बन्धी सामग्री मंगलबार रेडक्रसले हस्तान्तरण गरेको हो ।
२५ थान कम्बल, बाल्टीन ४ थान, त्रिपाल २ थान, मग ४ थान र साबुन १० वटा हस्तान्तरण गरिएको नेपाल रेडक्रस रीम सिनवाङ उपशाखा सभापति भद्रसिंह बुढाले बताउनुभयो । सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सहयोगका लागि रेडक्रसलाई धन्यवाद दिनुभयो ।
यसैविच उपशाखा कुमाखका सभापति राम कुमार लामिछाने गाउपालिका अध्यक्ष दिलमाया बुढामगरलाई पनि आज बिभिन्न सामाग्री हस्तान्तरण गर्नुभएको छ ।