कोरोनाको डर भन्दा किसानलाई गहुँ भित्र्याउने चटारो

दुर्गा बिसी,
सल्यान ३, बैशाख ।
सल्यानको पश्चिमी क्षेत्रमा यतिबेला किसानलाई गहुँ भिञ्याउन भ्याइ नभ्याइ भएको छ । विश्व कोरोनाबाट अक्रान्त वनेको यो समयमा यहाँका किसानलाई कोरोना भन्दा आफुले खेतवारीमा लगाएको हिउदेवाली भिञ्याउने चटारो परेको हो ।


गहुँ, मसुरो, चना र केराउ पाकेर पहेँलो हुनथाले पछि किसानलाई हिउँदेवाली ढल्याउन ब्यस्तता बढेको छ । गहुँ वालि पाके पछि यस क्षेत्रका सबै किसानहरु कोरोना भन्दा गहुँ खेती तिर वढि ध्यान दिएको पाईन्छ । खेतवारीमा पनि आ आफुले आफ्नै घरको काम गरेको भेटिन्छ भने केही केहिले सरसहयोग समेत गर्ने गरेका छन् ।

यो महामारीको समयमा खेतवारी पनि क्वारेन्टाइन जस्तै भएकोले अर्कोको खेतवारीमा गएर कामकाज गर्नुको साटो आफ्नै घरको सिंगो परिवार मिलेर कामकाज गर्नु उपयुक्त हुने भनाइ छ । तर सल्यान पश्चिम क्षेत्रका खेतवारीमा काम गर्ने किसानहरु भने त्यसो नगरेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित