बन्गाड कुपिण्डे नगरपालिकामा रु. ५० लाखको बिपद् कोष स्थापना

दुर्गा विसी,
सल्यान ३, बैशाख ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले प्रकोप व्यवस्थापनका लागि रु.५० लाखको कोष स्थापना गरेको छ । बिश्वभर फैलिदैँ गएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि उक्त कोष स्थापना गरिएको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिनु भएको छ ।


नगरपालिकाले ५० लाख रुपैँया कोषमा राखेर र सहयोगी संस्था तथा ब्यक्तिहरुले पनि कोषमा रकम जम्मा गर्न सकिने उहाँले बताउनुभयो । कोरोना रोकथाम तथा लकडाउन अवधिमा राहत वितरण स्वरुप एकद्वार प्रणालीबाट गरिने पनि नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख गोबिन्द कुमार पुनले एकद्धार प्रणालीवाट राहत वितरण गरिने भएकाले मनोमानी रुपमा नगरक्षेत्र भित्र राहत वितरण नगर्न आग्रह गर्नुभएको छ । नगरपालिकाका १२ वटै वडाबाट विपद् व्यवस्थापन समितीले छनौट गरि पठाएका अतिविपन्न ७ सय ५३ घरपरिवारलाई राहत वितरण गरिने उहाँले बताउनुभयो । उहाँले तत्काल राहत वितरण गरिने पनि जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस