सल्यान ४, बैशाख ।
सल्यानका बिपन्न परिवारले राहत नपाएको गुणासो गरेका छन् । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको अबधिमा दैनिकी चलाउन समस्या भएका बिपन्न घरपरिवारले आफुले राहत नपाएको गुणासो गरेका हुन् । जिल्लाका बिभिन्न स्थानिय तहले राहत वितरण गरिरहेका छन् ।
शारदा नगरपालिका २ मेलघारी टोल बिकास समितीका अध्यक्ष टोपेन्द्र कुमार वलीले आफ्नो टोलका बिपन्न परिवारले राहत नपाएको गुणासो गर्नुभयो । जनप्रतिनिधिको आग्रहमा मेलघारी, नयाँवस्ती, टुनीचौर, स्यानीपधेँरी लगाएतका बस्तीका बिपन्न ३० घरपरिवारको नामावली तयार पारेको तर नगरपालिकाले राहत नदिएको उहाँले गुणासो गर्नुभएको छ ।
अहिले पनि केहीले नगरपालिकाबाट राहत लिइरहेका छन्, तर मेयरसावले राहतको प्याकेज नै छैन भनेपछि ३० घरपरिवारको नामावली नगरपालिकामा नै छोडेर आएका छौँ, उहाँले भन्नुभयो वडाअध्यक्षले नामावली माग्ने तथा मेयरसावले राहत छैन् भन्ने यो त राम्रो भएन् । अहिले पनि नगरपालिकाले सिमित ब्यक्तिहरुलाई राहत वितरण गरिरहेकाले दैनिक ज्याला मजदुरी गरेर दैनिकी चलाउदैँ आएका सबै घरपरिवारले राहत पाउनुपर्ने उहाँको भनाई छ ।
यस्तै शारदा नगरपालिका ६ मदमकाँडा निवासी एक परिवारबाट पनि राहत नपाएको गुणासो आएको छ । मजदुरीका लागी छोरा भारतमा रहेको र यहाँ दैनिकी चलाउन समस्या भएपनि नगरपालिकाले राहत नदिएको परिवारको गुणासो छ ।
यसैविच नगर प्रमुख सुरेश अधिकारीले अहिलेसम्म पाउनुपर्ने विपन्न परिवारले राहत पाएको बताउनुभएको छ । वडाअध्यक्षको सिफारिसमा नगरपालिकाले राहत वितरण गरेको बताउदैँ उहाँले वडाअध्यक्षहरु बीचमा नै भएको होडवाजीका कारण समस्या भएको बताउनुभयो । अहिले नगरपालिकामा खाद्य सामाग्री नभएको र बिभिन्न निकायहरुबाट राहत संकलन भएपछि वितरण गरिने नगरपालिकाले जनाएको छ ।