सल्यान ४, बैशाख ।
सल्यानमा भारत सहित तेस्रो मुलकबाट आएका सबैको आरडिटि किटद्धारा प्रारम्भिक जाँच गरिने भएको छ । चैत १ गते यता भारत सहित तेस्रोमुलकबाट आएका सबैमा कोरोना भाइस भए नभएको वारेमा पत्ता लागनउको लागी र्यापिड टेष्ट गर्न लागिएको हो ।
आज बिहीबार देखी ४ दिन सम्म जिल्लाको सबै स्थानिय तहमा गएर र्यापिड टेष्ट गर्न लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । सल्यानमा अहिलेसम्म ७ सय ८२ जना भारत सहितका विभिन्न मुलुकबाट फर्किएको तथ्यांक छ । यसअघि सल्यानमा १७ जनाको र्यापिड टेष्ट गरिएको थियो भने सबैको रिपोर्ट नेगेटिभ आएको थियो । यसैविच आज दार्मा गाउपालिका, कपुरकोट गाउपालिका र त्रिबेणी गाउपालिकामा पुगेर टेष्ट गर्न लागिएको छ ।