सल्यान ४, बैशाख ।
सल्यानका भेटिएको घोरललाई सामुदायिक वनमा नै छोडिएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ३ झारगाँउमा भेटिएको भाले प्रजातीको घोरललाई सामुदायिक वनमा नै छोडिएको हो ।
खेतवारीमा आएको घोरललाई स्थानियले देखेपछि त्यसलाई समातेर ठुलो गैरा सामुदायिक वनका अध्यक्ष राजन शाहको घरमा राखिएको थियो । कुकुरले आक्रमण गर्न सक्ने सम्भावना धेरै भएपनि उद्धार गरेर वनमा छेडिएको हो । सिद्ध कुमाख वागचौरल सव डिभिजन वन कार्यालय थारमारे, प्रहरी र स्थानियको रोहवरमा घोरललाई सामुदायिक वनमा नै छोडिएको सव डिभिजन वन कार्यालय थारमारेका वन रक्षक रोषण वलीले जानकारी दिदनुभयो । घोरललाई कुनै चोटपटक नभएको पाईएको छ ।