सामुदायिक रेडियो कपुरकोट एफ.एम.११ औँ बर्षमा प्रवेश

सल्यान ४ बैशाख ।
सल्यानको कपुरकोट वाट सञ्चालित सामुदायिक रेडियो कपुरकोट एफ.एम. आज देखी ११ औँ बर्षमा प्रवेश गरेको छ । गाउँ बेशी सुचना केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियो कपुरकोट एफ.एम. १०६.१ मेघाहर्ज १० औँ बर्ष पुरा गरेर ११ औँ बर्षमा प्रवेश गरेको हो । २०६६ साल चैत ७ गते देखी परिक्षण प्रशारण गरेको शुरु गरेको रेडियोले २०६७ साल बैशाख ४ गते देखी आफ्नो नियमित प्रशारण शुरु गरेको थियो ।


बिगतका बर्षहरुमा औपचारिक रुपमा कार्यक्रम गरेर बार्षिकोत्सव मनाउदैँ आएको रेडियोले यस बर्ष भने औपचारिक कार्यक्रमको आयोजना नगरिएको रेडियोका कार्यकारी प्रमुख सन्तोष घर्तीले जानकारी दिनुभयो । आज एक बिज्ञप्ती निकालेर उहाँले अहिलेको अबस्थामा कोरोना भाइरससँग लड्नको लागी सबै एक हुन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस