सल्यानबाट पठाएका ४० जनाको रिपोर्ट : ‘सबै नेगेटिभ’

सल्यान ४, बैशाख ।
सल्यानबाट कोरोना परिक्षणका लागी पठाएका ४० जनाको रिपोर्ट आएको छ । ती सबै रिपोट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्ला अस्पताल सल्यान तथा बिभिन्न स्थानिय तहमा गरेर स्वाव संकलन गरिएका ४० जनाको नै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. अर्जुन कुमार बुढाले जानकाी दिनुभयो ।

चैत १ गते यता तेस्रोमुलकबाट आएका सबै र भारत तथा अन्तरजिल्ला बाट आएका तर लक्षण देखिएका ४० जनाको स्वाव संकलन गरेर परिक्षणका लागी पठाईएकोमा सबै रिपोर्ट नेगेटिभ आएको हो ।


जिल्लामा संकलन गरिएका स्वावहरु परिक्षणका लागी कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थीत प्रयोगशालामा पठाइएको थियो । यस अघि जिल्लाबाट पठाएका ३ जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस