सल्यान ४, बैशाख ।
सल्यानको शारदा नगरपालिकाले स्थापना गरेको राहत कोषमा घोराही सिमेन्टले खाद्यान्न सहयोग गरेको छ । कोभिड १९ का कारण देशमा जारी बन्दाबन्दी र त्यसबाट उत्पन्न हुने संकटलाई समाधान गर्न नगरपालिकाले स्थापना गरेको राहत कोषमा घोराही सिमेन्ट इन्डष्टिज प्रालि दाङ्गले २५ क्विन्टल चामल, ८ क्विन्टल दाल, ३ क्विन्टल नुन र १ सय लिटर खाने तेल सहयोग गरेको छ ।
प्रालिका प्रतिनिधि बिकाश शर्मा, प्रल्हाद अधिकारी र सुमन खत्रीले आज नगरप्रमुख सरेश अधिकारीलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । यस्तै जर्मन स्थीत एनआरएन का उपाध्यक्ष, सल्यानको सितलपाटी घर भएका शंकर डाँगीले कोरोना बिरुद्ध लड्न स्वास्थ्यकर्मीहरुका लागि १० थान पिपिइ सेट उपलव्ध गराउनु भएको छ । नेपाल रेडक्रस सोशाइटी सल्यानले क्वारेन्टाइनका लागि भन्दै ४० थान कम्बल, त्रिपाल, बाल्टिन, सावुन लगाएतका उपलव्ध गराएको छ । यस्तै शारदा नगरपालिका १ दोमाटी निवासी सुरेश श्रेष्ठले पनि १५ बोरा चामल, १५ पोका तेल र १५ पोका नुन उपलव्ध गराउनु भएको छ ।