छत्रेश्वरी गाउपालिकाद्धारा ४ सय ५७ घरपरिवारलाई राहत वितरण शुरु

सल्यान ५, बैशाख ।
सल्यानको छत्रेश्वरी गाउपालिकाले राहत वितरण गर्न शुरु गरेको छ । कोरोना भाइरस फैलदै आएको अबस्थामा सरकारले गरेको लकडाउनले दैनिकी चलाउन समस्या भएका बिपन्न परिवारलाइ राहत वितरण गर्न शुरु गरिएको गाउपालिकाले जनाएको छ ।


गाउपालिका भित्रका अतिबिपन्न ४ सय ५७ घरपरिवारलाई राहत वितरण गर्न शुरु गरिएको गाउपालिकाले जनाएको छ । गाउपालिकाको वडा नम्बर १ मा ५३ घरपरिवार, वडा नम्बर २ मा ७० घरपरिवार, वडा नम्बर ३ मा ७९ घरपरिवार, वडा नम्बर ४ मा ५१ घरपरिवार, वडा नम्बर ५ मा ७३ घरपरिवार, वडा नम्बर ६ मा ७० घरपरिवार र वडा नम्बर ७ मा ६१ घरपरिवारलाई राहत वितरण गर्न शुरु गरिएको गाउपालिकाले जनाएको छ ।

प्रत्येक घरपरिवारलाई चामल, दाल लगाएतका खाद्य सामाग्री वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस