नागरिक विरामी हुदाँ घरमा नै स्वास्थ्यकर्मी र औषधि

दुर्गा बिसी,
सल्यान ५, बैशाख ।
कोरोना भाइरसको महामारीका कारण बिश्व त्रसित छ । नेपालमा पनि कोरोना भाइरस फैँलन नदिनको लागी सरकारले गत चैत ११ गते देखी लकडाउन गरेको छ । अहिलेको अबस्थामा कुनै पनि नागरिक बिरामी भएमा स्वास्थ्यकर्मीको टोली औषधि लिएर घरमा नै पुग्ने गरेको पाईएको छ ।

सुर्खेतको सिम्ता गाउपालिका अध्यक्ष कबिन्द्र कुमार केसी गाउपालिका भित्रका कुनै नागरिक बिरामी भएमा स्वास्थ्यकर्मी र औषधि लिएर घरमा नै पुग्ने गरेको पाईएको हो । अहिलेको अबस्थामा मानिसहरु उपचारको लागी स्वास्थ्य संस्थासम्म जाने अबस्था छैन्, त्यसैले हामीले कुनै पनि नागरिकमा स्वास्थ्य समस्या देखिएमा घरमा नै गएर उपचार गर्ने ब्यबस्था मिलाएका छौँ उहाँले भन्नुभयो ।


यस्तै उहाँले गाउँ गाँउ गएर सचेतिकरण समेत गर्दै आउनुभएको छ । बिहीवार मात्रै अध्यक्ष केसी, स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुन, सुरक्षाकर्मी सहितको टोली कापृचौर वडा कार्यालय, स्वास्थ्य चौकी, डाँडाखाली लगाएतका बिभिन्न ठाँउमा गएर सचेतिकरण गरिएको गाउपालिकाले जनाएको छ ।

यस्तै बिदेशबाट फर्किएका नागरिकको स्वास्थ्य अबस्थाको वारेमा जानकारी लिने काम समेत भएको छ । यस्तै गाउँपालिका भित्र नयाँ व्यक्तिलाई जान समेत निषेध गरिएको छ । भने गाउपालिकामा कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि गठन भएका ७५ वटै युनिटलाई समेत प्रभावकारी रुपमा काम गर्न निर्देशन दिईएको छ ।

प्रतिक्रिया दिनुहोस