सल्यानमा ट्याक्टर दुर्घटना : एक जनाको घटनास्थलमा नै मृत्यू

सल्यान ५, बैशाख ।
सल्यानमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यू भएको छ । जिल्लाको कालीमाटी गाउपालिका वडा नम्बर ५ वालुवामा शुक्रबार बिहान ३ वजे ट्याक्टर दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै मृत्यू भएको छ भने अर्का जना सामान्य घाइते भएका छन् ।


कालीमाटीबाट जस्ता पाता र सिमेन्ट बोकेर बालुवा जादैँ गरेको भे १ त ९४४६ नम्वरको ट्याक्टर सडक देखी अन्दाजी ४ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना परी कालीमाटी गाउपालिका वडा नम्बर ५ जुमखोला बस्ने अन्दाजी २७ बर्षिय छविलाल बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै दुर्घटनामा परी स्थानिय २७ बर्षिया महिला पिमा बोहरा सामान्य घाइते भएकी छिन् । भने ट्याक्टर चालक ३६ बर्षिय टिकाराम गाहा मगर फरार रहेको प्रहरीले जनाएको छ । लकडाउनका कारण राती ट्याक्टरबाट निमार्ण सामाग्री ओसारपसार गरिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस