सल्यान ५, बैशाख ।
नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज एकैदिन १४ जनामा कोरोना देखिएको जनाएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ । आज उदयपुरमा १२ जना पुरुष र चितवनमा दुई जनामा का्ेरोना भेटिएको मन्त्रालयले जनाएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।