कालीमाटी गाउपालिकाद्धारा ८ सय १३ घरपरिवारलाई राहत वितरण

सल्यान ६ बैशाख ।
सल्यानको कालीमाटी गाउपालिकाले बिपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस फैलिन नदिनको लागी सरकारले गरेको लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका बिपन्न घरपरिवारलाई राहत वितरण गरिएको गाउपालिकाले जनाएको छ ।


गाउपालिका अध्यक्ष दान बहादुर केसीले गाउपालिका भित्रका ८ सय १३ बिपन्न घरपरिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो । उहाँले गाउपालिकाका सबै वडामा पुगेर राहत स्वरुप चामल, दाल, नुन, तेल, चिनी लगाएतका वितरण गरिएको जानकारी दिनुभयो । साथै राहत पाउन बाट छुटेका अरु बिपन्न परिवारलाई पनि दोस्रो चरणमा राहत वितरण गरिने गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस