बनगाड कुपिण्डे नगरपालिकामा विपन्न परिवारलाई राहत वितरण सुरु

दुर्गा बिसी,
सल्यान ७, बैशाख ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले राहत वितरण गर्न शुरु गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण गासको जोह गर्न नसक्ने बिपन्न घरपरिवारलाई मात्रै पहिलो चरणमा राहत वितरण गर्न शुरु गरिएको नगरपालिकाले जनाएको छ ।


अहिले साँझ बिहानको जोहो गर्न नसक्ने परिवारलाई मात्रै २५ केजी चामल, ४ केजी दाल, २ पोका नुन, २ लिटर तेल र सावुन वितरण गरिएको नगरप्रमुख गोविन्द कुमार पुनले जानकारी दिनुभयो । नगरका विपन्न ७ सय ५३ घरपरिवारलाई राहत दिने नगरको निर्णय अनुसार राहत वितरण गर्न शुरु गरिएको उहाँको भनाई छ ।

सोही अनुसार शनीवार वडा नम्बर १ का १ सय २६ जना विपन्न परिवार मध्ये ७२ परिवारलाई राहत वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा नगरप्रमुख पुन, उपप्रमुख मञ्जु यरी, वडाअध्यक्ष शान्त कुमार यरी, नेपाल रेडक्रस सोशाइटी कर्णाली प्रदेश सदस्य गणेश विसी, लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस