पैदल यात्रीलाई खाना र यातायातको व्यवस्था

सल्यान ७ बैशाख ।
कोरोना भाइरसको संक्रमण रोक्न मुलुकमा जारी लकडाउनका कारण गन्तव्य पुग्न पैदल यात्रा गर्दै सल्यान आएका मजदुरको उद्धार गरिएको छ । कर्णाली प्रदेशका सल्यान, जाजरकोट र रुकुमका ९० मजदुरलाई सल्यानका युवाहरुले श्रीनगरमा निःशुल्क खानाको व्यवस्था गर्नुका साथै यातायातको व्यवस्था गरेका छन् । उनीहरुले नियमित मजदुरी गर्दै आएको ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने टुंगो नभएपनि सामुहिक रुपमा घर जान हिडेका उनीहरुलाई निःशुल्क खाना र यातायातको व्यवस्था गरिएको सल्यान उद्योग वाणिज्य संघ सल्यानले जनाएको छ ।


लमजुङ, धादिङ, नवलपरासीबाट हिडेका उनीहरुलाई सुरक्षित ढंगले गन्तव्यसम्म पु¥याउन स्थानीय पालिकासँग समन्वय गरी पठाइएको छ । लामो समयदेखि पैदल हिडेको, कयौं दिनसम्म खाना समेत खान नपाएको र बेखर्ची जस्तै बनेर हिडेको देखेपछी शनिवार श्रीनगरमा खाना र यातायातको व्यवस्था मिलाइएको हो । जसमा कुमाख गाउपालिकामा ३३ जना, सिद्ध कुमाख गाउपालिकामा ११ जना, बागचौर नगरपालिकामा ६ जना, शारदा नगरपालिका ६ र ७ का १९ जना, जाजारकोटका १९ र रुकुमका १ जना रहेका थिए ।

यस कार्यमा सल्यान उद्योग वाणिज्य संघ, सल्यान जेसिज, श्रीनगर बजार व्यवस्थापन समिती, सल्यान सुनचादी व्यवसायी संघ, होटल व्यवसायी संघ र निर्माण व्यवसायी संघ, कर्णाली प्रदेशका सहसंयोजक डिल्ली प्रकाश केसीको विशेष पहल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित