घाँटीमा मासु अड्कीएर सल्यानमा एक जनाको मृत्यू

सल्यान ७, बैशाख ।
घाँटीमा मासु अड्कीएर सल्यानमा एक जनाको मृत्यू भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ बर्षिय देवीलाल कामीको घाँटीमा मासु अड्कीएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

फाइल फोटो

सल्यानचौर स्थित स्थानिय बालाराम कवरको घरमा धामी झाँक्री गर्न गएका उनको आज आइतवार बिहान तीन वजे तीर बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्कीएको थियो । उपचारको लागी उनलाई जिल्ला अस्पताल सल्यानमा ल्याउदाँ अस्पतालले बिहान करिब ७ वजे मृत घोषणा गरेको हो । अहिले शवको पोष्टमार्टम गर्ने तयारी भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस