सल्यान ८, बैशाख ।
सल्यानको कालिमाटी गाउपालिकाले गाउपालिका बाहिर रहेका सबैको तथ्यांक संकलन गर्न शुरु गरेको छ । गाउपालिकामा स्थायी घर भएर बिभिन्न कामको शिलशिलामा जिल्ला बाहिर वा देश बाहिर रहेका सबैको तथ्यांक संकलन गर्न शुरु गरेको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी गाउपालिका बाहिर रहेकाको तथ्यांक अध्याबधिक हुने र बिपद्को समयमा उद्धार तथा राहतका कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने गाउपालिका अध्यक्ष दान बहादुर केसीले बताउनुभयो ।
सात वटै वडाहरुमा तथ्यांक संकलन गरेर गाउपालिकामा तथ्यांक अध्याबधिक गरिने उहाँको भनाई छ । यसका लागी वडाअध्यक्ष, कार्यपालिका सदस्य, तथा वडासदस्य र कर्मचारीहरुलाई परिचालन गरिएको छ । अबको एक हप्ता भित्रमा पुरै गाउपालिका भरिको तथ्यांक संकलन गरिने उहाँले जानकारी दिनुभयो । यस्तै तथ्यांक संकलनको क्रममा टोल तथा बस्तीहरुमा कोरोना रोकथामका लागी सचेतामुलक अभियान पनि सञ्चालन गरिने गाउपालिकाले जनाएको छ ।