सल्यानमा ४३ जनाको पिसिआर र ५ सय १८ जनाको आरडिटी परिक्षण : रिपोर्ट नेगेटिभ

बुद्धि पुन,
सल्यान ८, बैशाख ।
सल्यानमा अहिले सम्म ४३ जनाको पिसिआर परिक्षण गरिएको छ भने ५ सय १८ जनाको आरडिटी परिक्षण गरिएको छ । चैत १ गते यता तेस्रोमुलकबाट आएका सबै र भारत तथा अन्तरजिल्ला बाट आएका तर लक्षण देखिएका ४३ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षण गरिएको हो । यस्तै चैत १ गते यता भारत सहित तेस्रोमुलुकबाट आएका ५ सय १८ जनाको आरडिटी परिक्षण गरिएको हो ।


कोरोना भाइरस भए नभएको थाहा पाउनको लागी परिक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । उहाँले पिसिआर र आरडिटी गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । बिदेश तथा अन्तरजिल्ला बाट फर्किएकाहरुको पिसिआरको लागी स्वाव संकलन गरेर परिक्षण गर्न सुर्खेत पठाइएको थियो भने आरडिटी किट मार्फत प्रारम्भिक जाँच सल्यानमा नै गरिएको थियो ।

जिल्लामा चैत १ गते यता भारत सहित तेस्रोमुलुक बाट करिब ७ सय ८२ जना जिल्लामा फर्किएका छन् । ती मध्ये केही क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् भने केही होम क्वारेन्टाइनमा नै बसेका छन् ।

यसैबिच सोमवार देखी फेरी सल्यानमा बिदेशबाट फर्किएकाहरुको आरडिटि टेष्ट गरिने भएको छ । किट अभावमा जाँच स्थगित गरिएको अहिले प्रदेशबाट किट प्राप्त भएको र सोमवारबाट शारदा नगरपालिका तथा वागचौर नगरपालिकामा चैत १ गते यता बिदेशबाट फर्किएका सबैको परिक्षण गरिने छ । यस्तै मंगलवार बन्गाड कुपिण्डे नगरपालिका र कालीमाटी गाउपालिकामा परिक्षण गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित