दुर्गा बिसी,
सल्यान ८, बैशाख ।
सुर्खेतको सिम्ता गाउँपालिकाले भारत तथा अन्य ठाउँबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ । वागेश्वरी मावि राकममा रहेको क्वारेन्टाइनमा १० जनालाई राखिएको छ । भारतको गुजरात राज्य जामनगरबाट आएका ९ जना र नेपालकै नुवाकोटबाट आएका १ जना गरी १० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
सिम्ता गाउँपालिका वडा नम्बर ७ काफलकोटका ७ र वडा नं ९ खानीखोलाका ३ जना स्थानीय वाहिरबाट सिम्ता भित्रिएको गाउपालिकाले जनाएको छ । त्यसमध्ये ९ जना भारतको जामनगरबाट चैत्र ९ गते नेपालको गौरीफण्टा नाकाबाट भित्रिएका थिए । उनीहरु महेन्द्र वहुमुखी क्याम्पस नेपालगञ्जको क्वारेन्टाइनबाट भागेर बाँके र बर्दियाका आफन्तको घरमा होम क्वारेन्टाइनमा वसेका थिए ।
१४ दिन क्वारेन्टाइनमा राखेर ¥यापिट टेष्ट परिक्षण पछि घर पठाउने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनु भएको छ । क्वारेन्टाइनको राम्रो व्यवस्थापन रहेको र घर भन्दा उत्तम सुिवधाका साथ राखिएको वताएको छ । उनीहरुको स्वास्थ्य राम्रो रहेको पनि जनाएको छ । सुविधायुक्त क्वारेन्टाइनमा वत्ती, खाना, नास्ता, पानी र वाइफाइ, सुरक्षा, हेल्थ डेस्कको समेत व्यवस्थापन गरेको छ ।