आरडिटी परिक्षण गर्दा सल्यानमा एक यूवाको शंकास्पद रिपोर्ट : ‘परिवारको रिपोर्ट यस्तो आयो !’

सल्यान ८, बैशाख ।
सल्यानका कोरोना भाइरसको आशंकामा एक जनालाई जिल्ला अस्पताल सल्यानको आइसोलेशनमा राखिएको छ । जिल्लाको शारदा नगरपालिकामा घर भएका ३२ बर्षिय यूवकलाई आज आरडिटि परिक्षण गर्दा शंकास्पद देखिएपछि आइसोलेशनमा राखिएको हो । उनी गत चैत ६ गते यूएईबाट घर फर्किएका थिए ।

कर्णाली प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल सल्यानले जिल्लाका बिभिन्न स्थानिय तहमा गएर आरिडिटी परिक्षण गर्दै आएको छ । सोही क्रममा सोमवार आज बागचौर नगरपालिका र शारदा नगरपालिकामा आरडिटी परिक्षण गर्ने क्रममा शारदा नगरपालिकामा एक यूवक शंकास्पद भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो ।


‘यूवकको स्वास्थ्य अबस्था सामान्य छ, शंकास्पद देखिएपछि हामीले अस्पतालको आइसोलेसनमा रोखेका छौँ’ उहाँले भन्नभयो । उहाँले ती यूवकको भोली मंगलवार स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागी सुर्खेत पठाउने तयारी भैरहेको जानकारी दिनुभयो । शंकास्पद यूवक भेटिए सँगै उनको परिवारमा रहेका सबै ५ जनालाई जिल्ला अस्पताल सल्यानमा रहेको क्वारेन्टाइनमा ल्याईएको छ ।

उनीहरुको केही बेर अगाडी मात्रै आरडिटी परिक्षण गरिएको छ, भने ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसैबिच सोमवार आज बागचौर नगरपालिकामा ७६ जना र शारदा नगरपालिकामा ७९ जनाको आरडिटी परिक्षण गरिएको छ । ती मध्ये एक जना बाहेक बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस