बन्गाड कुपिण्डेमा १ सय ३२ र कालीमाटीमा ४१ जनाको आरडिटी परिक्षण : रिपोर्ट नेगेटिभ

दुर्गा बिसी,
सल्यान १०, बैशाख ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका र कामीमाटी गाउपालिकामा पनि आरडिटी परिक्षण गरिएको छ । गत चैत १ गते यता भारत सहित तेस्रो मुलुकबाट फर्किएका सबैको कोरोना सम्बन्धी आरडिटी परिक्षण गरिएको हो । बन्गाड कुपिण्डे नगरपालिकामा १ सय ३२ जना र कालीमाटी गाउपालिकामा ४१ जनाको आरडिटी परिक्षण गरिएको हो । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


बन्गाड कुपिण्डे नगरपालिकामा भारत सहित तेस्रो मुलकबाट आएकाको संख्या १ सय ८० वढी रहेकोमा १ सय ३२ जनाको मात्रै आरडिटी परिक्षण गरिएको छ । तर नगरपालिकाको लापरवाहीले सबैको तथ्यांक संकलन नभएको पाइएको छ । नगरपालिकाको तथ्यांकमा नभएका १२ भन्दा वढी भारतबाट आएकाहरुको आरडिटी परिक्षण हुनुले पनि यसको पुष्टी गर्दछ ।

आरडिटी परिक्षणमा स्वास्थ्य सेवा कार्यालय सल्यानका डा. भिमकान्त जैसी, ल्याव टेक्नीसियन अधिकृत भिम रोका, ल्याव असिस्टेन्ट नविन वली र नगरको देवस्थल स्वास्थ्य चौकीको टिम काममा खटेको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस