सल्यानका कोरोना शंकास्पद ब्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ

सल्यान १०, बैशाख
सल्यानका कोरोना शंकास्पद ब्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार ¥यापिड टेष्ट आरडिटी गर्दा जिल्लाको शारदा नगरपालिका १ का एक युवकको रिर्पोट पोजेटिभ आएको थियो । तर स्वाब पिसिआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।


कर्णाली प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा पठाइएको स्वाबको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । रिर्पोट नेगेटिभ आएकाले अब डराउनु पर्ने अवस्था नरहेको उहाँको भनाई छ । यस्तै ती यूवककी श्रीमतीको स्वावको रिपोर्ट पनि नेगेटिभ आएको छ । युवक गत चैत ६ गते दुवईबाट घर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस