अलपत्र परेका सल्यानीलाई सम्पर्क गर्न यूवा सञ्जालको आग्रह

सल्यान १०, बैशाख ।
सल्यानी यूवा सञ्जालले अलपत्र अबस्थामा परेका सल्यानीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । सल्यानमा क्रियाशिल यूवाहरुको एक सञ्जाल यूवा सञ्जालले विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा देश अहिले लकडाउनको अवस्थामा रहेकोले अलपत्र अबस्थामा रहेका सल्यानीहरुलाई सम्पर्क गर्न आग्रह गरेको हो ।

साथै घर आउन नपाएर बाटोमा अलपत्र परेका सल्यानीहरुलाई अहिले उद्धारको लागि सहजीकरण गरिरहेको सल्यानी यूवा सञ्जालले जनाएको छ । यस्तै अलपत्र परेका सल्यानीहरू वा अलपत्र परेका व्यक्तिहरूसँग सम्पर्कमा रहेका ब्यक्तीहरुले निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न सल्यानी युवा संजालले सबैलाई अनुरोध समेत गरेको छ ।

सम्पर्क नम्बरहरु :

9809598004,

9869976646,

9851090363,

9844961985,

9851118842,

9851207061

प्रतिक्रिया दिनुहोस