कुमारी वैँक सल्यान शाखाद्धारा शारदा नगरपालिकालाई खाद्यान्न सहयोग

सल्यान १०, बैशाख ।
सल्यानको शारदा नगरपालिकाले स्थापना गरेको कोरोना बिपद् राहत कोषमा बिभिन्न निकायहरुबाट सहयोग प्राप्त हुनेक्रम चलिरहेको छ । कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दी र त्यसबाट उत्पन्न हुनसक्ने समस्यालाई समाधान गर्न नगरपालिकाले स्थापना बिपद् कोषमा सहयोग प्राप्त हुने क्रम जारी छ ।


यसैक्रममा बुधबार कुमारी बैङ्क सल्यान शाखाले ५० हजार रुपैँया बराबरको खाद्यान्न सहयोग गरेको छ भने कर्मचारीहरुको तर्फबाट ५ हजार रुपैँया सहयोग गरिएको छ । खाद्यान्न बुझ्दै नगरप्रमुख सुरेश अधिकारीले सहयोग गरेकोमा बैँकलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित