नेपालमा थपिए कोरोनाका तीन बिरामी, संक्रमितको संख्या ४५ पुग्यो

सल्यान १०, बैशाख ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिनुभयो । ’बीपी प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण गर्दा २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुषमा कोरोना देखिएको हो’, उहाँले भन्नुभयो ’यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ।’ संक्रमित हुनेहरू उदयपुरको भुल्केकै रहेको बताइएको छ ।


यससँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ । ४५ कोरोना संक्रमितमध्ये अहिलेसम्म ७ जना निको भएर घर फर्किएका छन् । पछिल्लो पटक धनगढीको सेती अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट दुईजना बिरामी बुधबार डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित