उपभोक्ताको घर–घरमा तरकारी पुर्‍याउदैँ कृषक

सल्यान १२, बैशाख ।
लकडाउनका कारण किसानको तरकारी बारीमा कुहिन थालेपछि प्यूठानका कृषकले तरकारी उपभोक्ताको घर घरमा र्पुयाउन थालेका छन् । किसानले उत्पादन गरेको तरकारी एकै ठाउँमा जम्मा गरी विक्री गर्न थालिएको प्यूठान नगरपालिका ८ का कृषक विपना थापाले बताउनुभयो । ‘उपभोक्ताले हरियो तरकारी खान पाएका छैनन्’ उहाँले भन्नुभयो ‘यता उत्पादन भएको तरकारी विक्री नभएर बारीमै कुहिन थालेको छ ।’


प्यूठान नगरपालिका ८ का किसानले बिहानै तरकारी संकलन गरी बाग्दुला, बिजुवार, जुम्री लगायत स्थानका घर घरमा तरकारी र्पुयाउने गरेका छन् । यसो गर्दा केही मात्रामा भए पनि तरकारी विक्री हुने गरेको उनीहरू बताउँछन् । किसानले तरकारी घरघरमा र्पुयाउँदा उपभोक्ताले ताजा तरकारी उपभोग गर्न पाएको बिजुवारका एक उपभोक्ताले बताए । प्यूठान नगरपालिका ८ अर्काे अर्की कृषक देवी थापाले पनि लकडाउन भएपछि घरघरमा तरकारी विक्री गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस