बन्गाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइमा ४९ जना

दुर्गा बिसी,
सल्यान १२, बैशाख ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले ४९ जनालाई क्वारेन्टाइनमा राखेको छ । मोरङ जिल्लाको वेलवारी नगरपालिका वडा नम्वर ६ को सडक लाइनमा काम गर्ने नगरका ४९ जनालाई क्वारेन्टाइनमा राखिएको हो । नगरको वडा नम्वर १, ७, ८, १० र ११ का गरेर ४९ जनालाई प्रभाकर माद्यामिक देवस्थलमा रहेको क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।


मजदुरीको लागि मोरङ वेलावारी पुगेका अधिकांस माझकाँडाका विभिन्न टोलका स्थानीयलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ । तर यस अघि नगरका विभिन्न वडामा मजदुरीकै लागि बाहिर गएका सयांै स्थानीय भने सामुदायिक क्वारेन्टाइन नवसेर आ–आफनै घर गएका छन् ।

उनीहरुलाइ आफ्नै घरको होम क्वारेन्टाइनमा वस्न भनिए पनि त्यसो नभएको पाईएको स्थानियले वताएका छन् । नगरपालिकाले सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । तर उनीहरु होम क्वारेन्टाइनमा नबसेर गाँउमा भिडभाड गर्ने गरेकाले नगरमा जोखिम बढेको स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित