सल्यान प्रहरीद्धारा बिभिन्न मुद्धामा फरार एक जना पक्राउ

सल्यान १३, बैशाख ।
सल्यान प्रहरीले बिभिन्न मुद्धामा फरार एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउपालिका वडा नम्बर २ निवासी ४६ बर्षिय भिम बहादुर भन्ने भिमे रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ईलाका प्रहरी कार्यालय रागेचौरवाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा बिहीबार दिउँसो साँढे १२ बजे तीर कुमाख गाउपालिका वडा नम्बर ४ स्थित भेरी नदिको किनारमा फेला पारी पक्राउ गरिएको सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार उनी हातहतियार तथा खरखजना सम्बन्धि कसुरमा २, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा १, ईलाका प्रहरी कार्यालय थारमारे सल्यानमा आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा १ र ईलाका प्रहरी कार्यालय लुहाम सल्यानमा सार्वजनिक शान्ति विरुद्धको कसुरमा १ मुद्दा शिर्षकमा मुद्दा दर्ता भई वारदात मिति देखि फरार रहेका थिए । शुक्रवार जिल्ला अदालत सल्यानवाट पहिलो पटक १५ दिनको म्याद थप गरी ईलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस