सल्यान १४, बैशाख ।
सल्यानमा आफ्नै बाबुको हत्या गरेको आशंकामा छोरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोल निवासी ५१ बर्षिय बुबा बुदे कामीको हत्या गरेको आशंकामा २१ बर्षिय छोरा सुरज बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शनिबार साँझ करिब सात बजे तीर उनको हत्या गरिएको हुनसक्ने सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । ‘घटनाको प्रकृति हेर्दा हत्या गरिएको जस्तो छ, मृतकको टाउकोमा चोट छ, हत्या गरेको आशंकामा छोरालाई नियन्त्रणमा लिएका छौँ’ उहाँले भन्नुभयो । प्रहरी घटना स्थलमा पुगेर मुचुल्का उठाइ सकेको र पोष्टमार्टम पश्चात थप केही कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।