‘एक ब्यक्ति एक मास्क, एक घर एक सावुन’

दुर्गा बिसी,
सल्यान १४, बैशाख ।
सुर्खेतको एक गाउँमा एक ब्यक्ति एक मास्क र एक परिवार एक सावुन बितरण गरिएको छ । जिल्लाको सिम्ता गाउँपालिका वडा नं ३ को आग्रिगाउँका प्रत्येक घरका सदस्यलाई पुग्ने गरि एक व्यक्ति एक माक्स र एक घर एक साबुन वितरण गरिएको हो । आग्रीगाउँको प्रत्येक घरधुरीलाई ३ हजार १ सय माक्स र ७ सय १० सावुन वितरण गरिएको छ ।

मास्कको अभाव भएको अहिलेको अबस्थामा वडा कार्यालयले स्थानीय टेलरलाई प्रयोग गरि सिलाउन लगाएर तयार गरेको थियो । वडामा गठन गरिएका ९ वटा युनिट एक्सन टिमले प्रत्येक टोलको घरधुरीमा पुगेर प्रत्येक घर परिवारको संख्या, भारत र अन्य देशमा गएको संख्या, घर बाहिर तथा नेपाल भित्र कुनै ठाउँमा गएको संख्या र दीर्घ रोगीको अबस्थाको विवरण संकलन समेत गरि सकेको छ ।


माक्स र साबुन वितरण प्रत्येक टोलका युनिट एक्सन टिमको जिम्मा लागाएर घरघरमा गएर एक्सन टिमले वितरण गर्ने वडाअध्यक्ष नहकुल बुढाले जानकारी दिनुभएको छ । यस्तै टोल स्तरको युनिट एक्सन टिमले मुठी, माना, पाथि र मुरी अभियान सञ्चालन गरि आपतकालिन अन्न भण्डार गर्ने निर्णय समेत गरेको छ ।

यस्तै गरि वडा नम्वर ४ बजेडीचौरले पनि विपन्र परिवारलाई खाद्यान्न वितरण शुरू गरेको वडाअध्यक्ष भिम बहादुर रावतले जानकारी दिनुभएको छ । यस्तै वडा नम्वर ६ राकमले पनि सबै नागरिकलाई एक व्यक्ति एक माक्स र विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गर्ने वडाअध्यक्ष राजेन्द्र सिह ठकुरीले जाानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस