सल्यान १५, बैशाख ।
सल्यानी युवा सञ्जाल बागचौर नगर कमिटी सल्यानले प्राथामिक स्वास्थ्य केन्द्र थारमारेलाई सुरक्षा कवज प्रदान गरेको छ । कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि सुरक्षा कवज प्रदान गरिएको सञ्जालले जनाएको छ ।
बागचौर नगरपालिका मार्फत प्राथामिक स्वास्थ्य केन्द्रलाई मुख छोप्ने कभर (Face Visor) उपलब्ध गराएको जनाइएको छ । प्रोटेक नेपालको निमार्ण र राष्ट्रिय आविष्कार केन्द्रको सहजीकरणमा कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको लागि मुख छोप्ने कभर उपलब्ध गराइएको सल्यानी यूवा सञ्जाल बागचौर कार्यसमितीका उपाध्यक्ष बामदेव केसीले जानकारी दिनुभयो ।
सञ्जालले चार थान जिल्ला अस्पताल सल्यान र प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा र थारमारेलाई २÷२ थान उपलब्ध गराएको केसीको भनाई छ ।