दार्मा गाउपालिकाद्धारा ४ सय ८४ घरपरिवारलाई राहत

सल्यान १५, बैशाख ।
सल्यानको दार्मा गाउपालिकाले राहत वितरण गर्न शुरु गरेको छ । दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवारलाई राहत वितरण गर्न शुरु गरिएको गाउपालिकाले जनाएको छ । जसअनुसार ४ सय ८४ घरपरिवारलाई राहत वितरण शुरु गरिएको गाउपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो ।


लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका परिवारहरूको विवरण सङ्कलन गरी राहत वितरण शुरु गरिएको उहाँको भनाई छ । गाउपालिकामा सबै वडाहरुमा राहत वितरण शुरु गरिएको उहाँले जानकारी दिनुभयो । गाउपालिकामा ३ हजार ६ सय ३९ घरधुरी रहेका छन् । ती मध्ये १ हजार २ सय बढी घरपरिवारले सहुलियतमा खाद्यान्न लिएको दार्मा गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस