गाउपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दुर्गा बिसी,
सल्यान १६, बैशाख ।
सुर्खेतको चिङगाड गाउँपालिलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला अध्यक्ष अमर रानाले कोरोना रोकथाम सम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुर्व प्रसाद देवकोटालाई कोभिड १९ का विरुद्ध आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको संघका जिल्ला कार्य समिती सदस्य शन्तोष वुढाले जानकारी दिनु भएको छ ।
रानाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अतिआवश्यक सेनिटाईजर, सर्जिकल मास्क, पिपिइ सेट, ग्लोप लगाएतका ५० हजार वढीको औषधि गाउँपालिकालाइ सहयोग गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस