वलीद्धारा खानेपानी र स्वास्थ्य सामाग्री सहयोग

सल्यान १७, बैशाख ।
सल्यानको छत्रेश्वरी गाउपालिकालाई खानेपानी सहयोग गरिएको छ । गाउपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी गरिरहेको काममा सहजताका लागी तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष एवम् राप्ती ड्रिङ्किङ वाटर प्राली तुलसीपुरका सञ्चालक छत्रेश्वरी गाउपालिका ५ लेखपोखरा निवासी खेमराज वलीले खानेपानी र स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । मंगलवार गाउँपालिकालाई ३० गत्ता खानेपानी, २ पिस स्यानिटाइजर र एक सय पिस मास्क उपलब्ध गराएको गाउपालिकाले जनाएको छ ।


यस्तै वलीले छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ रहेको क्वारेन्टाइनलाई पनि खानेपानी र स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा मार्फत क्वारेन्टाइनलाई १० काटुन खानेपानी, २ पिस स्यानीटाइजर र एक सय पिस मास्क उपलब्ध गराउनुभएको वडाअध्यक्ष लिलाधर घर्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित