कोरोनाका कारण स्थगित नियमित खोप सेवा सुचारु

दुर्गा बिसी,
सल्यान १८, बैशाख ।
सल्यानको पश्चिमी क्षेत्रमा कोरोना भाइरसको त्रासका कारण अवरुद्ध खोप सेवा सुचारू भएको छ । नगरका १२ वटै वडाका स्वास्थ्य संस्थाहरुमा नियमित खोप सेवा सुचारु गरिएको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले वताउनु भएको छ । कोरोना नियन्त्रण स्वरुप महामारी फैलिने सम्भावना वढे पछि सबै खोप सेवा बन्द गरिएको थियोे । तर पछिल्लो समयमा नियमित खोप सेवा सुरुवात भएको पोख्रेलको भनाइ छ ।


१६ गते देखी नगरका वडाका खोप केन्द्रहरुमा खोप लगाउने काम चलिरहेको वताएको छ । साथै दादुरा रुवेला खोप पनि धेरै स्थानमा लगाई सकिएको र बाँकी १० प्रतिशत लगाउन बाँकी खोप पनि सुचारू गर्ने जनाएको छ । खोप लगाउदा भौतिक दुरी कायम, मास्क, पन्जा, सेनिटाइजर प्रयोग गर्ने गरिएको छ । १ महिना देखी अवरुद्ध खोप सेवा सञ्चालनमा आएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित