सल्यान १९, बैशाख ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानका सबै स्थानिय तहलाई थर्मल गन हस्तान्तरण गर्नु भएको छ । कोरोनाको जाँचलाइ सहज गर्न थर्मल गन बाट उच्च ज्वरो रहे नरहेको जाँच गरि कोरोनाको जोखिम भए नभएको बारे सहज पु¥याउने उद्धेश्यले जिल्लाका दश वटै स्थानिय तहमा थर्मल गन प्रदान गरिएको हो ।
बिहीवार सल्यानमा आयोजित एक कार्यक्रममा मन्त्री ज्वालाले सबै स्थानीय तहलाइ थर्मल गन प्रदान गर्नु भएको हो । संबिधान सभा सदस्य तथा प्रतिष्ठित ब्यबसायी बिमल केडियाको सहयोगमा प्रदान गरिएको हो । यसअघि मन्त्री ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले जिल्लाका पालिकाहरुलाई पीपिई सेट लगायतका स्वास्थ्य सामाग्री हस्तान्त्ररण गर्नुभएको थियो ।
यसैबिच जिल्ला विपद् ब्यवस्थापन समिति सल्यानको वैठकमा बोल्दै मन्त्री ज्वालाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सवै तहको सहकार्य जरुरी रहेको बताउनुभयो । जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लाका दश वटै स्थानिय तहका प्रमुख र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।