बन्गाडको कोरोना कोषमा वातावरण सुधार बहुउद्धेश्यीय सहकारीद्वारा ४० हजार सहयोग

सल्यान १९, बैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले स्थापना गरेको कोरोना बिशेष बिपद् कोषमा सहयोग प्राप्त हुने क्रम चलिरहेको छ । यसैक्रममा आज शुक्रबार वातावरण बहुउद्धेश्यीय सहकारी सेवा केन्द्र सल्लिवजारले रु. ४० हजार आर्थिक सहयोग गरेको छ । कोभिड १९ विरुद्ध नगरपालिकासँग सहकार्य गरेर अघि वढ्ने उद्धेश्यका साथ यस सहकारीले उक्त रकम हस्तान्तरण गरेको हो ।


वातावरण बहुउद्धेश्यीय सहकारी देवस्थल सेवा केन्द्रका संयोजक रिता वलीले नगर उपप्रमुख मञ्जु यरीलाइ चेक हस्तान्तरण गर्नु भएको छ । महामारी विरुद्ध सबै जुट्नका लागि सहयोग रकम प्रदान गरिएको वातावरण सेवा केन्द्र प्रमुख ठुम्रा कुमारी गिरीले बताउनुभयो । प्रकोप विपद् व्यवस्थापन राहत कोषको लागि चेक बुझ्दै नगर उपप्रमुख यरीले नगरभित्र र वाहिरका जति पनि निकाय संघसंस्थाले गरेको राहत सहयोग पुर्ण रुपमा सदुपयोग हुने जनाउनु भएको छ ।

कोरोना सँग लड्न नगरले मात्रै केही गर्न सक्दैन त्यसैले यसमा साझा भुमिकाको खाँचो आवश्यक रहेको उहाँको भनाई छ । नगरको विपद् कोषमा केहि दिन अगाडि उद्योग वाणिज्य संघ सल्यानले १५ हजार सहयोग गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित