सल्यानका सामुदायिक बिद्यालयद्धारा बार्षिक परिक्षाको नतिजा प्रकाशन

निजि बिद्यालयको नतिजा बन्दाबन्दी पछि मात्रै

सल्यान १९, बैशाख ।
सल्यानका सामुदायिक बिद्यालयहरुले धमाधम रुपमा नतिजा प्रकाशन गर्न शुरु गरेका छन् । शैक्षिक सत्र २०७६ मा बार्षिक परिक्षा सम्पन्न भएका कक्षा ८ बाहेक कक्षा १ देखी ९ सम्मका बिद्यार्थीहरुको नतिजा प्रकाशन गर्न सामुदायिक बिद्यालयहरुले शुरु गरेका हुन् । अहिले सम्म जिल्लाका दर्जन बढी सामुदायिक बिद्यालयहरुले नतिजा प्रकाशन गरिसकेका छन् ।

कोरोना भाइरसको सन्त्रासका वीच पनि जिल्लाका सामुदायिक बिद्यालयहरुले कक्षा ८ बाहेक कक्षा १ देखी ९ सम्मको नतिजा प्रकाश गर्न शुरु गरेका हुन् । केही बिद्यालयले लेडर ग्रडिङ प्रणालीबाट समेत नतिजा प्रकाशन गरेका छन् । कक्षा ८ को बार्षिक परिक्षा पालिका स्तरीय भएकाले पालिकाको निर्णय अनुसार नतिजा प्रकाशन हुने छ । बन्दाबन्दीका कारण घरमा बसेका बालबालिका तथा बिद्यार्थीहरुमा पढाई प्रति रुचि बढाउन र घरमा नै पठनपाठनका क्रियाकलापमा सहभागिता बनाउन नतिजा प्रकाशन गर्न थालिएको बिद्यालयहरुको भनाई छ ।

महेन्द्र रत्न माद्यामिक बिद्यालय पिपलनेटाका प्रधानाध्यापक प्रकाश हमालले कोरोना भाइरसको कहरका वावजुत बिद्यालयले नतिजा प्रकाशन गरेको बताउनुभयो । परिक्षामा सहभागी ३ सय ५४ बिद्यार्थी मध्ये ३ सय १४ जना उत्तिर्ण र ४० जना अनुत्तिर्ण भएको उहाँको भनाई छ । नतिजा फोन, एसएमएस तथा सामाजिक सञ्जालबाट पनि बिद्यार्थी र अभिभावकले हेर्न मिल्ने गरी प्रकाशन गरिएको उहाँको भनाई छ ।


बिद्यालयले नतिजा प्रकाशन गरे सँगै नयाँ बिद्यार्थी भर्ना अभियान समेत शुरु गरिएको महेन्द्र माद्यामिक बिद्यालय लेखपोखराका प्रधानाध्यापक रोमहर्ष केसीले बताउनुभयो । उहाँले बिद्यालयमा अध्ययनरत २ सय ६४ जना बिद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको बताउनुभयो । ‘नतिजा प्रकाशन सँगै हामीले फोन मार्फत बिद्यार्थी भर्ना अभियान शुरु गरेका छन्, अभिभावकको फोनका आधारमा अहिले बिद्यार्थी भर्ना भैरहेका छन्’ उहाँले भन्नुभयो ।

बिद्यालयले प्रकाशन गरेको नतिजामा अनुत्तिर्ण भएका बिद्यार्थीहरुलाई कक्षाबृद्धिका लागी मौका परिक्षा दिने ब्यबस्था मिलाइएको शिवजन माद्यामिक बिद्यालय सितलपाटीका प्रधानाध्यापक हिरालाल नेपालीले बताउनुभयो । बिद्यालयमा अध्ययनरत १ हजार ३ सय ३४ जना बिद्यार्थीको नतिजा प्रकाशन गरिएको उहाँको भनाई छ । ‘हामीले वेबसाइट, सामाजिक सञ्जाल, फोन मार्फत नतिजा हेर्न मिल्ने ब्यबस्था गरेका छौँ, बन्दाबन्दी खुलेपछि बिद्यार्थी भर्ना अभियान सञ्चालन गर्छौ’ उहाँले भन्नुभयो ।

बन्दाबन्दी पछि मात्रै नतिजा प्रकाशन गर्छौ : निजि बिद्यालय
सल्यानका निजी बिद्यालयहरुले भने बन्दाबन्दी पछि मात्रै परिक्षाफल प्रकाशन गर्ने जनाएका छन् । नतिजा प्रकाशनको सबै तयारी पुरा भएपनि बन्दाबन्दी पछि मात्रै नजिता प्रकाशन गर्ने उनीहरुको तयारी छ । प्याब्सन र एनप्याब्सनमा आबद्ध सबै निजी बिद्यालयहरुले बन्दाबन्दी पछि मात्रै नतिजा प्रकाशन गर्ने भएका हुन् । प्याब्सनका केन्द्रिय सदस्य महेश देबकोटाले बन्दाबन्दी हटेको एक हप्ता भित्रमा नै नतिजा प्रकाशन गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित