नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि: नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

 

बैशाख २१,, काठमाडौं ।

बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।


यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६जना निको भएर घर फर्किएका छन् ।

आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना स‌ंक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस