वडाअध्यक्ष पुरीद्धारा मास्क र सावुन वितरण

सल्यान २१, बैशाख ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ८ का वडाअध्यक्ष कुलवहादुर पुलीले मास्क र सावुन वितरण गर्नुभएको छ । उहाँले आफ्नो वडामा ३ हजार मास्क वितरण गर्नु भएको हो । विपन्न परिवारलाई राहत वितरण, जेष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण पश्चात् पुरीले टोल टोलमा पुगेर मास्क वितरण गर्नुभएको हो ।


उहाँले मास्क वितरण सँगै नागरिकलाई सजग बनाउन घरदैलो अभियान गरिरहनु भएको छ । मास्क प्रत्येक घरधुरीका नागरिकलाई वाँडिएको छ भने १६ सय पिस सावुन पनि वितरण गरिएको छ । वडाअध्यक्षको आफ्नै व्यक्तिगत रुपमा मास्क र साबुन वितरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस