सल्यान २२, बैशाख ।
लक्ष्मी बैँकले स्थानिय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बैँकले सल्यान र सुर्खेतका स्थानिय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो । लक्ष्मी बैँक सल्लीवजार शाखाले बन्गाड कुपिण्डे नगरपालिका र ढोरचौर शाखाले सिद्ध कुमाख गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
सल्लिवजार शाखाका वैक सुपरभाइजर निर्मल महरले नगर प्रमुख गोविन्द कुमार पुन र प्रमुख प्रशासकिय अधिकृत मोहन खड्कालाई ३ थान थर्मल गण, ३ थान पिपिइ सेट हस्तान्तरण गर्नु भएको छ । यस्तै कोरोना भाइरसको जोखिमलाई न्युनिकरण गर्नको लागि ३ थान थर्मल गन र २ थान पिपिई सेट प्रदान गरिएको लक्ष्मी वैक ढोरचौर शाखाको प्रवन्धक मनोज कुमार बस्नेतले बताउनु भएको छ । स्वास्थ्य सामाग्री बुझ्दै गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बिपद्को समयमा स्वास्थ्य सामाग्री सहयोग गरेको भन्दै बैँकलाई धन्यवाद दिनुभएको छ ।
यसैबिच सुर्खेतको सिम्ता शाखाले सिम्ता गाउँपालिकालाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । लक्ष्मी बैंक सिम्ता शाखा प्रमुख सिर्जन थापाले गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीलाई पनि सोहि सामग्री हस्तान्तरण गरिएको छ । लक्ष्मी बैंकले कोरोना भाइरस कोभिड(१९ लाई नियन्त्रण गर्नका सम्बन्धि स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।