कर्णाली प्रदेशसँग सीमा जोडिएका सबै नाका ७ दिन बन्द गर्ने निर्णय

सल्यान २२, बैशाख ।
छिमेकी प्रदेश ५ को नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित फेला परेसँगै कर्णाली सरकारले सात दिनका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को वैठकले आज राती १२ बजेदेखि लागु हुनेगरी सात दिनसम्म प्रदेश आउने सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले प्रदेशका २५ स्थानमा थप विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी पठाउने निर्णय गरिएको मुख्ममन्त्री प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए । उनकाअनुसार सल्यानको कपुरकोट, सुर्खेतको बबइ, कुइन लगायतका नाका पूर्ण रुपमा आवतजावत बन्द गरिनेछ भने खाद्यन्न बोकेका सवारी पनि सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस